Header Ads

रसुवागढी र सान्जेन जलविद्युतको आईपीओमा माग भन्दा बढी आवेदन, मंगलबारसम्म मात्र निष्कासन

रसुवागढी र सान्जेन जलविद्युतको आईपीओमा माग भन्दा बढी आवेदन, मंगलबारसम्म मात्र निष्कासन

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) माग भन्दा बढी आवेदन परेपछि आज मंगलबारसम्म मात्र निष्कासन हुने भएको छ । दुई कम्पनीले शुक्रबारदेखि आईपीओ निष्कासन गरेका हुन् ।
कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँबराबरका १ करोड ५७ लाख ३८ हजार १५० कित्ता आईपीओ निष्कासन गरेका छन् ।रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार कित्ता र सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँबराबरका ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेका छन् ।
रसुवागढीको न्यूनतम ५० देखि ५ हजार कित्तासम्म र सान्जेनको ५० देखि २ हजार कित्तासम्म आवेदन दिन पाइने छ । आईपीओ निष्कासन बन्द छिटोमा बैशाख १० सम्म तोकिएको छ । ढिलोमा जेठ ५ गतेसम्म तोकिएको छ ।
यस्तै सान्जेनमा न्यूनतम ५० देखि अधिकतम २ हजार कित्तासम्म तोकिएको छ ।रसुवागढीको १११ र तल्लो र माथिल्लो सान्जेन गरी ५७ मेगावाट जडित क्षमता छ । आईपीओ बाँडफाँटपछि रसुवागढीको चुक्तापुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ पुग्ने छ । यस्तै सान्जेनको ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।रसुवागढीको अनुमानित लागत १६ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ छ ।
अयोजनाको लागत निर्माण अवधिको ब्याजसमेत गरी १५ करोड १२ लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ८ वर्ष छ ।यस्तै सान्जेनको अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत १५ करोड रुपैयाँ छ । यस्तै ६।७ वर्षमा साधारण लगानी फिर्ता हुने छ । सरकारले दुवै कम्पनीले निर्माण गरिरहेको रसुवागढी र सान्जेनलाई जनताको जलविद्युतमा समावेश गरेको छ ।

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.