Header Ads

आजको मौसम: सचेत भएर बस्नुहोला ! चट्याङ, वर्षा एवं हावाहुरीको सम्भावना रहेको छ

आजको मौसम: सचेत भएर बस्नुहोला ! चट्याङ, वर्षा एवं हावाहुरीको सम्भावना रहेको छ

काठमाडौं । न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षा एवं तराईमा चट्याङ परिरहेको र असिनापानी पनि पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा तापक्रम घटबढका बेला विकसित हुने गर्छ । जसका कारण तराईतिर पानी, चट्याङ एवं हावाहुरी तथा पूर्व(पश्चिमका पहाडी जिल्लातिर उच्च पानी पर्ने सम्भावना रहेको छ । उपत्यकाको मौसम पनि दिनभरि नै बदली रहने जनाइएको छ भने पानी पर्ने सम्भावना पनि छ ।
भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यूनचापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसममा बदलाव आएको हो । यसका लागि सचेत भएर बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.