Header Ads

तपाई आफूलाई नेता ठान्नु हुन्छ भने छोरी मान्छेको ३२ लक्षण भन्दा बढि लक्षण तपाईमा हुन जरूरी छ

घर परिवारमा छोराको विवाह गर्दा समेत छोरी मान्छेका ३२ लक्षण छन वा छैनन भनेर हेर विचार गरिन्छ । खवरहव अनलाइन पत्रिकाबाट प्राप्त भए अनुसार छोरी मान्छेका ३२ लक्षण युक्त गुणहरू देहाय बमोजिम छन ।

 

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

२) हातका औँला लामा–लामा हुनु ।

३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।

८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु ।

१२) पाखुरा लामा हुनु ।

१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४) शंख समान घाँटी हुनु ।

१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६) ३२ वटा दाँत हुनु ।

१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८) समान मिलेका दाँत हुनु ।

१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।

२०) जिब्रो लामो हुनु ।

२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।

२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।

२४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।

२६) मिलेको कपाल हुनु ।

२७) अल्छी नहुनु ।

२८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०) चमक्क चम्किने केश हुनु ।

३१) स्वभाव लज्जालु हुनु ।

३२) दुढ आत्मविश्वास हुनु ।

आजभोलि प्रेम विवाहमा वाहेक  ३२ मा ३२ नमिले पनि अधिकतम राम्रा लक्षण हुने युवतिहरू घर परिवारको रोजाईमा रहन्छन । एकल परिवारमा वढीमा ४-५ जनाको परिवार वा संयुक्त परिवारमा ८-१० जनाको परिवारको लागि समेत यति धेरै गुणहरू भएको व्यक्तिको खोजि गरिन्छ । आधुनिक समाजमा भने हल्का मिलेको रुप र राम्रो व्यवहार मात्र भयो भने विवाह अन्तिम विन्दुमा टुङ्गिन्छ । आज भोलि त ३२ लक्षणका कुरा खासै गरिदैन र चाहेर पनि केटा वा केटि दुवैमा यस्ता लक्षण पाईदैन । यस लेखमा मैले छोरी मान्छेका ३२ लक्षण भन्दा पनि नेतामा हुनु पर्ने कम्तिमा कस्ता गुणहरू आवश्यक रहेछन भनेर प्रशासन पत्रिकामा उल्लेख भएका विषय वस्तुलाई समेटेको छु ।

एकल परिवारमा वढीमा ४-५ जनाको परिवार वा संयुक्त परिवारमा ८-१० जनाको परिवारको लागि समेत यति धेरै गुणहरू भएको व्यक्तिको खोजि गरिन्छ । आधुनिक समाजमा भने हल्का मिलेको रुप र राम्रो व्यवहार मात्र भयो भने विवाह अन्तिम विन्दुमा टुङ्गिन्छ । तर सफल नेतामा भने आधुनिक समय आए सँगै यदि लक्षण र गुणको तुलना गर्दा पहिले भन्दा अहिले झन बढि हुन आवश्यक छ । नेतामा यति नै गुणहरू भयो भने यसलाई नेता भनिन्छ नत्र भनिदैन भन्ने कतै उल्लेख नभएको हुन सक्छ तर धेरै मानिसको मन जित्नको लागि कम्तिमा अधिकतम गुण भने राम्रो हुनु पर्छ होला ।  नेता चाहे कुनै विश्वविद्यालयको विद्यार्थी संगठनको होस वा कर्मचारी संगठनको होस वा वडाको सदस्य देखि माथिको पदको होस वा केन्द्रिय नेता नै किन नहोस व्यवहारमा केहि फरक भए पनि सवैका गुणहरू मिल्नु नै पर्छ । समस्या कहानिर हो भने सवै नेता वन्न त चाहान्छन तर असल नेता बन्न के कस्ता गुण र चरित्र हुनु पर्छ भन्नेमा कुनै वास्ता नगर्ने नेता तपाई हामी वरिपरि देख्न सकिन्छ र आफूलाई नेता हुँ भनेर भन्नु हुन्छ भने पनि ऐना हेर्नुहोला छर्लङ्ग देख्न सक्नु हुनेछ । नेपाल विविधताले भरिपुरण भएको हुनाले पनि फरक फरक स्थानका व्यक्तिले नेताबाट फरक फरक व्यवहारको अपेक्षा गरेका हुन सक्छन । जनताले चाहे जस्तो हुन सकिएन , जनताका मर्म बुझ्न सकिएन भने फेरी बारीमा छरिएको विउ जुन उम्रने वित्कै मरेको हुन्छ त्यस्तै हुन सकिन्छ । वैज्ञानिक भाषामा भन्ने हो भने यम ग्रह जस्तै हुन सकिन्छ जसको केहि समय अस्थित्व त देखायो तर ग्रहको जस्तो गुण नभएकोले पछि सूचीबाट हट्नु पर्यो । तल दिएका नेतामा हुनुपर्ने गुण तथा चरित्रहरूको बारेमा अध्ययन गर्नुहोस ।



नेतामा हुनु पर्ने गुणहरू

# दूरदृष्टि

## इमानदारिता

### संचार

#### सशक्तिकरण

##### अनुकुलन क्षमता

###### अध्ययन शिल

####### परिवर्तनको पक्षधर

 

असल नेतामा हुनुपर्ने उत्कृषट चरित्र

+ भावनात्मक चातुर्य

++ निर्णय क्षमता

+++ सहानुभूति

++++ लचकता

+++++ नम्रता

 

समसामयिक नेतामा हुनु पर्ने पुरक गुणहरू

- डिजिटल जानकार

-- वैश्कि मानसिकता

--- दिगोपनामा ध्यान केन्द्रित

---- नवप्रवर्तन उन्मुख

------ चुस्त दृष्टिकोण

 

आधुनिक समयमा नेतृत्वको आलोचनात्मक विश्लेषण

* स्वार्थ

** उत्तरदायित्वको कमी

*** कानुन र मापदण्डको अपमान

**** धोखाधडि र हेरफेर

***** सहानुभूतिको कमी

तपाई नेता हुन चाहानुहुन्छ वा आफुलाई नेता ठान्नु हुन्छ वा तपाई कार्यकर्ता हो भने तपाईको नेतालाई कम्तिमा यी माथि दिएका गुण र चरित्र छ छैन आफूलाई मुल्याङ्कन गर्नुहोस वा कसैबाट मुल्याङ्कन गराउनुहोस । माथि दिएका बाहेक धेरै गुण र चरित्र नेतामा हुन जरूरी छ जसरी एउटी विवाह हुन लागेकि कसैको छोरीमा ३२ लक्षण युक्त गुण खोजिन्छ ।


No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.