Header Ads

संसदीय दलको नेता विधिवत् रूपमा फेर्नुस्, डेढ वर्ष प्रतिपक्षमा बसौंला : ओली

 

संसदीय दलको नेता विधिवत् रूपमा फेर्नुस्, डेढ वर्ष प्रतिपक्षमा बसौंला : ओली 

कान्तिपुर संवाददाता


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको नेता विधिवत् रूपमा फेर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई चुनौती दिएका छन् । साथै उनले आफू संसदीय दलमा पराजित भए प्रतिपक्षमा बस्ने पनि संकेत गरेका छन् । 


गण्डकी प्रदेशमा आफूपक्षको नेकपाको प्रदेशस्तरीय कार्यकर्ताको भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसदीय दलको बैठक बोलाइदिने र त्यसबाट आफूलाई हटाउन भनेका हुन् ।आफूले बोलाएको बैठकमा आएर संसदीय दलको नेता परिवर्तन गर्न ओलीको भनाइ थियो । 'अध्यक्षले बोलाएको बैठकमा आउनुपर्‍यो, महासचिवले बोलाएको बैठकमा आउनुपर्‍यो, दलको नेताले बोलाएको बैठकमा आएनुपर्‍यो । उहाँहरू दलको नेता फेर्नुस् न ! विधिवत फेर्नुस्, बैठक बोलाइदिन्छु । आउनुस् न विधिवत,' उनले भने । विधिवत् रूपमा संसदीय दलको नेता फेर्दा आफूले मान्ने भनेका ओलीले संसदको बाँकी कार्यकाल प्रतिपक्षमा बस्ने पनि बताए ।

'विधि, पद्धति, संसदीय अभ्यास, संविधान, कानुन, नियमावली छ । उहाँहरू अपराधै गर्न सफल हुनुभयो भने पनि हामी मान्छौं । मानेर केही बिग्रिँदैन, डेढ वर्ष प्रतिपक्षमा बसौंला, डेढ वर्षपछि दुई तिहाई लिएर जाउँला,' ओलीले भने ।

साभार कान्तिपुर 

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.