प्रधानसेनापतिले लगाए कोरोना खोप
प्रधानसेनापतिले लगाए कोरोना खोप
काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड- १९ (कोरोना भाइरस)विरुद्धको खोप लगाएका छन् ।
प्रधानसेनापति थापाले सोमबार काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोरोना खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ । नेपालमा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा रहेकाहरूलाई कोरोना खोप लगाइएको थियो भने दोस्रो फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथि उमेरकालाई लगाउने सरकारले तयारी गरेको छ ।
साभार कान्तिपुर खबर
No comments