प्युठान जिल्लामा खेलकुद गतिविधिबारे युवाहरुको चिन्ता
प्यूठान, १० मंसिर । जिल्लाको खेलकुद गतिविधिबारे युवाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् । बुधबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मा नेपाली क्रिकेट समर्थक समाज प्यूठानले सरोकारवालासँग जिल्लामा खेलकुदका अवस्था देखि आगामी सम्भावना लगायतका विभिन्न कुरामा छलफल गरेको हो । प्यूठानले खेलकुदमा फड्को मार्न नसक्नु निकै दुःखद भएको धारणा ब्यक्त गरेका थिए । एनसिएस प्यूठानले आगमी प्रधानमन्त्री एक दिवसिय कपको प्रदेश छनोटमा प्यूठान जिल्ला क्यानको सदस्यता नलिएको कारण सहभागी हुन नपाउनु निकै दुख भएको बताएका थिए । उक्त प्रदेश छनोटमा प्यूठानलाई पनि सहभागी गराउन विशेष पहल गर्दिन एनसिएसएस प्यूठानले आग्रह समेत गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि यज्ञबहादुर बुढाले नगरपालिकामा खेलकुद विकास समिति गराउन पहल गर्ने बताउनुभयो । कोरोना महामारीको कारण मेयर कप सञ्चालन गर्न नसकेको उहाँले दुःख ब्यक्त गर्नुभयो । “हामी प्यूठान जिल्लालाई खेलकुद विकास गर्न सधैं तप्पर छौं ” । उहाँले भन्नुभयो, “तपाईहरुसँगै सहकार्य गर्दै अघि बढ्न तयार छौं । क्यानको संघ चाडैं गठन होस् ”। त्यसैमा थप्नुभयो “नगरपालिकाले खेलकुदका लागि आर्थिक सक्दो सहयोग गर्नेछौं । महामारीको अवस्था सामान्य भएपछि खेलकुद प्रतियोगिता गराउने छौं”। यस्तै कार्यक्रमका विशेष अतिथि माण्डवी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष नगिन गाहाले गाउँपालिका निरन्तर खेलकुद विकासमा लागेको बताउनुभयो । खेलकुद प्रतियोगिता गर्नेदेखि खेलाडि स्तर वृद्धिमा गाउँपालिकाले कुनै कसर बाकि नराख्ने उहाँले बताउनुभयो । कोभिडबाट प्रभावित भएका प्रतियोगिता स्थिति सामान्य भए लगत्तै गर्ने योजना रहेको उहाँको भनाई छ ।
हाम्रो खेलकुदका संवाददाता भुपेन्द्रले प्यूठानमा खेलकुदको गतिविधि शून्य जस्तै रहेको बताउनुभयो । प्यूठानका सबै खेलकुद गतिबिधि जिल्ला भन्दा माथि उठ्न नसकेकोसमेत जानकारी दिनुभयो । “प्यूठानमा खेलाडी जिल्ला भन्दा बाहिरिको प्रतियोगितामा देखिदैन । जसको मूख्य कारण संघ नहुनु हो । प्रतियोगिता नखेली खेलाडी माथि जान सक्दैन । त्यसको लागि सबै मिलेर संघ गठन चाडैं गर्नुपर्छ” उहाँले भन्नुभयो “स्वर्गदारी मन्दिरले प्यूठानलाई चिनारी दिएको छ । प्यूठानलाई चिनाउने अर्काे माध्यम खेलकुदलाई बनाउनुपर्छ । क्रिकेट खेलाडीलाई बाहिरी जिल्लामा सहभागी गराउन क्यानमा प्यूठान जिल्लाले सदस्यता चाडैं लिनुपर्ने हुन्छ ” । गाउँगाउँ टोल टोलबाट खेलाडी छनोट गर्दै जिल्लालाई उत्कृष्ट बनाउन सबै लाग्नुपर्नेसमेत जि.सीको भनाई छ । समाजका सचिव शिवराज भुषालले जिल्ला खेलकुद समितिको निष्क्रियताको असर प्रतिभाशाली खेलाडीमा परेको बताउनुभयो । “जिल्लाले क्यानबाट संघको सदस्यता लिएको छैन । यो अवस्थामा समिति र सम्बन्धित निकायले खेलाडीलाई खेल्ने बाताबरण तयार पानुपर्ने थियो” । उहाँले भन्नुभयो, “प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश छनोन हुँदै छ । तर प्यूठान जिल्लाले सहभागिता जनाउन पाउँदैन । केहि खेलाडीले अन्य जिल्लाबाट खेल्न पाउलान। तर प्रतिभा भएका दजनौं खेलाडीको क्षमतामा भने बलि चडाउने काम भएको छु”।
जिल्ला खेलकुद समितिलाई प्यूठान जिल्लालाई क्रिकेटको छनोट खेल्ने अवसर मिलाईदिन आग्रह गर्नुभयो । त्यसको लागि आफूहरुले सहकार्य गरेर अघि बढ्न तयारसमेत उहाँले बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाली क्रिकेट समर्थक समाज प्यूठानका संयोजक टु आर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर बुढा, माण्डवी गाउँपालिका स्तरीय खेलकुद समितिका अध्यक्ष नगिन गाहा, जिल्ला खेलकुद विकास प्रतिनिधि, एनसिएसएस प्यूठान पदाधिकारीहरु हाम्रो खेलकुद डटकमका संवाददाता भुपेन्द्र जि.सी, अन्य पत्रकारहरु र खेलप्रेमिहरुको उपस्थिति रहेको थियो । साभार प्युठान जिल्लामा खेलकुद गतिविधि
No comments