Header Ads

महिनावारी हुँदा १ घण्टा हिँडेर खोला पुग्छन् किशोरीहरू

दसैंअघि कैलालीको गोदावरी नगरपालिका- १२ ओलानीकी जुनकिरी महिनावारी भएकी रहिछन्। 

बिहान साढे आठ बजे हामी उनको घरमा पुग्दा आमाले भनिन् - गड्बड्या खोला गएकी छ। 

बस्ती मै छ त धारा! 

'त्यसमा त खानेपानी पनि कहिले कहिलेमात्र झर्छ,' जुनकिरीकी आमाले बिहानै उठेर आफ्ना लत्ताकपडाको भारी टाउकोमा बोकेर जुनकिरी खोला निस्किएको कुरा आमाले बताएपछि म खोलैतिर गएँ।

गड्बड्या खोला पुग्न एक घण्टा हिँड्नुपर्ने।

त्यो दिन जुनकिरी महिनावारी भएको चार दिन पुगेको रहेछ। उनी बस्तीका अरू साथीहरूसहित खोला गएकी थिइन्। भनिन्,'पानीको दु:ख छ। महिनावारी भएकी छोरीलाई सफा हुन खोला पठाउनुपर्छ।



No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.