DV lottery को फर्म कसरी भर्नेर ?
DV lottery को फर्म कसरी भर्नेर ? नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर 7, २०1७ (२०७४ कात्तिक २१) मा बन्द हुनेछ ।
डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। त्यस्तै, आवेदन भर्दा कन्सल्टेण्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।
फर्म भर्ने अवधिमा www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । आवेदनमा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिण्ट गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो।
डि.भी. का लागि छनोटमा परे/नपरेको थाहा पाउनको लागि कुनै फोन र इमेल नअाउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएके छ। रिजल्ट थाहा पाउनको लागि मे १,२०१८ (२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ।
डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौंस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas जान दूतावासले सल्लाह दिएको छ।
No comments