गीत रेकर्ड गर्ने पैसा जुटाउन टुटल चलाउने पत्रकार
विगत नौ वर्षदेखि अखबारमा अरूको खबर लेख्दै आएका अनुप ओझा अचेल
आफैं खबर बनेका छन्। आफ्नो दोस्रो गीत 'संसारै बेइमानी' सार्वजनिक गरेपछि
गीत तयार पार्दाको पृष्ठभूमिका कारण उनी समाचारमा छाएका हुन्।
समसामयिक विषयवस्तुमा बनेको 'संसारै बेइमानी' गायन शैली र
म्युजिक भिडिओका कारण फरक बनेको छ।
सशस्त्र द्वन्द्वमा घरका अभिभावक मारिनु, विदेश जान जग्गा
धितो राख्न बाध्य सर्वसाधारणसँग साहुहरूले मिटर ब्याज लगाउनु, म्यानपावर
कम्पनीहरूले विदेश लैजाने आश देखाई ठगी गर्नुजस्ता यावत समस्यालाई अनुपले आफ्नो गीतमा
उतार्ने प्रयास गरेका छन्।न
नेता, प्रशासक, प्रहरीदेखि आफैं संलग्न पत्रकारिता पेसामा भएकाहरूले समेत पैसाका
लागि बेइमानी गरेको देखेका छन् उनले। त्यही बेइमानीलाई 'संसारै बेइमानी' गीत मार्फत् फरक
शैलीमा चित्रण गर्ने प्रयास गरेका हुन्।
डार्क कमेडी विधामा बनेको गीतको भिडिओ अँध्यारोबाट सुरू हुन्छ।
रंगमञ्चका अभिनेता विजय बरालले मुख्य भूमिका निर्वाह गरेका छन्। बराल एक्लै गाउँको
साहु, म्यानपावर कम्पनीको मालिकदेखि पत्रकारसम्मको भूमिकामा देखिन्छन्।
सबै रुपमा सुहाउँदो देखिएका उनको बहुरुपिया अभिनय सशक्त छ। अनुप
आफैंले पनि गीतमा पीडितको भूमिका निर्वाह गरेका छन्।
No comments