Header Ads

श्रीलंकामा विस्फोट : मारिनेको संख्या २०७ पुग्यो, ४५० जना घाईते


श्रीलंकामा विस्फोट : मारिनेको संख्या २०७ पुग्यो, ४५० जना घाईते 

कोलोम्बो । चर्च र पर्यटक बस्ने होटलहरुमा आईतबार गराईएको श्रृंखलाबद्ध विस्फोटमा परि मारिनेको संख्या २०७ पुगेको छ । मारिनेमध्ये २७ जना विदेशी नागरिक भएको खुलेको छ । ४५० जना घाईते भएका छन् ।
तामिल विद्रोह अन्त्यपछि भएको यो भयानक हमलाको षडयन्त्र विदेशी भूमीमा रचिएको श्रीलंका सरकारले दाबी गरेको छ । अहिले देशभर कप्mर्यु लगाईएको छ । सामाजिक सञ्जाल समेत प्रतिबन्धमा परेका छन् ।
आईतबार विलासी होटलहरु र ईसाई धर्मालम्बीको चर्चहरुमा लगातार ८ वटा भयानक विस्फोट गराईएको थियो । विस्फोटमा संलग्न भएको आशंकामा अहिलेसम्म ८ जना संदिग्धहरु पक्राउ गरिएको श्रीलंकाका सुरक्षा निकायहरुले जानकारी गराएका छन् ।
कोलोम्बो, नेगोम्बो र बट्टिकलोआमाका तीन चर्चमा प्रार्थना भईरहेकै बखत विस्फोट गराईएको थियो । यस्तै, राजधानी कोलोम्बोका चारवटा होटल र एक चिडियाखाना नजिकै पनि भयानक विस्फोट भएको थियो । हालसम्म कुनै पनि चरमपन्थी या आतंकवादी समूहरुहरुले पछिल्लो हमलाको जिम्मेवारी लिएको छैन ।
श्रीलंकाली गुप्तचर निकाय र प्रहरीहरुले केही साताअघि नै भयानक प्रकृतिको हमला हुनसक्ने प्रतिवेदन तयार पारेका थिए । तर सरकारले भने आफुहरुलाई सोबारे यथेष्ट जानकारी समयमै प्राप्त नभएको दाबी गरेको छ ।

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.