प्रदेश पाँचमा अपराधको कहालीलाग्दो तथ्याङ्कः ९ महिनामा ६८ जनाको हत्या, २७९ महिला बलात्कृत
प्रदेश पाँच प्रहरी कार्यालय दाङ तुल्सीपुरले आर्थिक वर्ष २०७५ को साउन १ गते देखि चैत्र मसान्तसम्म भएका व्यक्ति हत्या, बलात्कार, आत्माहत्या र घरेलु हिंसाको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ ।यद्यपि त्यस्ता अपराधिक घटनामा प्रदेश ५ मातहतको प्रहरी संगठन अभियुक्तलाई पक्राउ गर्नमा झण्डै शतप्रतिशत नै सफल भएको तथ्याङ्कले देखाएको छ ।यसै आर्थिक वर्षमा नेपालगञ्जमा १३ वर्ष अघि एकै परिवारका पाँच जनाको विभत्स हत्या गरी फरार अभियुक्तलाई पनि प्रदेश प्रहरी र बाँके जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली पक्राउ गरी अदालतमा पेश गरेको छ ।त्यस्तै २०७५ सालको अन्तिमतिर दाङको प्रहरीले करोडौँको ठगी र ३ जना महिला बलात्कारको आरोपीलाई पक्राउ गरि कानुनी कठघरमा उभ्याउन पनि त्यहाँको प्रहरी सफल भएको छ ।९ महिनामा ६८ जनाको हत्याप्रदेश पाँच प्रहरी कार्यालयका डिएसपी नवराज पोखरेलले उपलब्ध गराएको घटना विवरण अनुसार यस आर्थिक वर्षको पछिल्लो ९ महिनामा प्रदेश पाँचभर ६८ वटा हत्याका घटना घटेका छन् । ती घटनामा संलग्न १ सय १४ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कठघरामा उभ्याएको छ भने २५ जना अझै फरार रहेका छन् ।१२ वटा जिल्लामध्ये सबै भन्दा बढी हत्याका घटना १३ वटा बाँके जिल्लामा भएका छन् । ती घटनामा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । ७ जना भने फरार रहेका छन् ।त्यसपछि दोस्रो बढी हत्याका घटना रुपन्देहीमा १० वटा भएका छन् । ती घटनामा संलग्न १८ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ६ जना फरार रहेका छन् ।कपिलवस्तुमा ९ वटा हत्या घटना घटेका छन् । ती घटनामा संलग्न ७ जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा पनि यस अवधिमा ८ वटा हत्याका घटना घटेका छन् । ती घटनामा सलल्गन ७ जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । २ जना फरार रहेका छन् ।प्युठानमा ५ जनाको हत्या भएको छ जसमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ । रोल्पामा पनि यस अवधिमा ५ जनाको हत्या भएको छ जसमा त्यहाँको प्रहरीले घटनामा संलग्न ८ जनालाई प्रकाउ गरेको छ । त्यहाँ पनि शतप्रतिशत अभियुक्तहरु पक्राउ परेका छन् ।दाङमा ४ वटा हत्या घटना घटेका छन् । त्यहाँको प्रहरी ती घटनामा संलग्न १३ जनालाई पक्राउ गरेको छ । अभियुक्त पक्राउमा दाङ प्रहरी पनि शतप्रतिशत सफल भएको छ ।गुल्मीमा यस अवधिमा ४ वटा हत्या घटना घटेका छन । गुल्मी प्रहरी पनि ती घटनामा संलग्न चारै जनालाई पक्राउ गरी शतप्रतिशत सफल भएको छ । पाल्पामा ४ वटा हत्या घटना घटेका छन् । त्यहाँ पनि अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी शतप्रतिशत सफल भएको छ ।बर्दिया जिल्लामा ३ वटा हत्या घटना घटेका छन् । ती घटनाका ६ जना अभियुक्तलाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । ३ जना फरार रहेका छन ।पूर्वी रुकुममा एक जनाको हत्या भएको छ । त्यहाँको प्रहरीले त्यस घटनाका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । त्यहाँ पनि यस आर्थिक वर्ष भित्र घटेका हत्या घटनाका फरार अभियुक्त छैनन् ।२७९ महिला बलात्कृतडिएसपी पोखरेलले दिएको विवरण अनुसार यस आर्थिक वर्षको पछिल्लो ९ महिनामा प्रदेश पाँचभर २ सय ७९ जना महिला बलात्कृत भएका छन् । ती घटनामा संलग्न २ सय ६० जना पक्राउ परेका छन् । ५४ जना फरार रहेका छन ।बलात्कारका घटना सबैभन्दा बढी दाङमा घटेका छन् । साउन १ गते देखि चैत्र मसान्तसम्म त्यस जिल्लामा ५२ जना महिला बलात्कारको शिकार भएका छन् । जसमा ४५ जना पक्राउ र १२ जना फरार रहेका छन् । बलात्कार घटनाको दोस्रो ठूलो संख्या रुपन्देहीमा देखिएको छ जहाँ ५० महिला बलात्कृत भएका छन् ।बाँके जिल्लामा ४३ वटा बलात्कारका घटना घटेका छन् । जसमा ३८ जना पक्राउ र ८ जना फरार रहेका छन् । बर्दियामा २५ जना महिला बलात्कारको शिकार भएका छन् । त्यहाँ २८ पुरुष पक्राउ पर्नुका साथै ४ जना फरार रहेका छन् ।पाल्पामा २१ वटा बलात्कार मुद्दाको जाहेरी परेको छ । जसमा त्यहाँको प्रहरीले २३ जना पक्राउ परेका छन् । ५ जना फरार छन् । जनसंख्याको हिसाबले प्युठानको बलात्कार घटना बढी नै देखिन्छ । जिल्लामा पछिल्लो ९ महिनामा १७ जना महिला बलात्कारको शिकार भएका छन् । जसमा १६ जना पक्राउ पक्राउ परेका छन् भने २ जना फरार रहेका छन । नवलपरासी (पश्चिम ) मा यस अवधिमा १९ जना महिला बलात्कृत भउका छन् । यहाँ १५ पुरुष पक्राउ परेका छन् भने ५ जना फरार रहेका छन् ।कपलिवस्तुमा १८ जना महिला बलात्कृत भएका छन् । जसमा १७ पुरुष पक्राउ परेका छन् र ७ जना फरार रहेका छन । गुल्मीमा १० जना महिला बलात्कारको शिकार भएका छन् । जसमा १० पुरुष पक्राउ परेका छन् र १ जना फरार रहेका छन् ।प्रदेश मै सबैभन्दा कम जनसंख्या भएको पुर्वी रुकुममा ९ महिनामा ७ महिला बलात्कृत भएका छन् । बलात्कार आरोपी सातै जना पक्राउ परेका छन् । रोल्पामा ६ वटा बलात्कारका मुद्दा दर्ता भएका छन । जसमा आरोपी सातैजना पक्राउ परेका छन् ।घरेलु हिंसा १५ सय बढी९ महिनाको यस अवधिमा प्रदेश पाँचभर १५ सय ३३ वटा घरेलु हिंसाका उजुरी परेको प्रदेश पाँच प्रहरी कार्यालयले जनाएको छ । बाँकेमा ४५८, बर्दियामा ६७, दाङमा १२९, पाल्पामा ७३, रुकुममा १६ , प्युठानमा ४८ वटा घरेलुहिंसका उजुरी परेका छन् ।त्यस्तै रुपन्देहीमा २१८, अर्घाखाँचीमा २२, कपिलवस्तुमा २१५, नवलपरासीमा १४१, गुल्मीमा ५४ र पाल्पामा ३७ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।कुल उजुरी मध्ये प्रहरीले ११ सय १६ वटा उजुरी उपर आफैले मिलापत्र गराएको छ । २ सय थान मुद्दा अदालतमा पुुगेका छन । १ सय ५ वटा मुद्दा छलफल कै प्रकृयामा छन् भने १०९ वटा उजुुरीकर्ताहरु सम्पर्क मै आएका छैनन् ।७५८ जनाद्वारा आत्माहत्याप्रदेश पाँचको प्रहरी कार्यालयले उपलव्ध गराएको विवरणअनुसार प्रदेशभर साउन १ गते देखि चैत्र ३० गते सम्म ७५८ जनाले आत्माहत्या गरेका छन् । रुपन्देहीमा १ सय ५८ जनाले आत्माहत्या गरेका छन् । कपिलवस्तुमा ८३ जनाले, नवलपसारीमा ५७ जनाले, पाल्पामा ६९ जनाले आत्महत्या गरेका छन । अर्घाखाँचीमा ३२ जनाले, गुल्मीमा ३४ र प्युठानमा ४५ जनाले आत्महत्या गरेका छन् । दाङमा १ सय ४५ जनाले, रोल्पामा ३६ जनाले, रुकुममा ८ जनाले, बाँकेमा ४३ जनाले र बर्दियामा ६१ जनाले आत्महत्या गरेका छन् ।के भन्छन् प्रदेश पाँचका प्रहरी प्रमुख ?प्रदेश पाँच प्रहरी प्रमुख डिआईजी पिताम्वर अधिकारीले हत्या र विशेष गरी महिला हिंसाका घटनामा झण्डै शतप्रतिशत आरोपीहरु पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सफल रहको दाबी गरे ।बाँके जिल्ला प्रहरीले हेमकर हत्याकाण्डका फरार अभियुक्तलाई १३ वर्षपछि पक्राउ गर्न सफल भएको उनले उदाहरण प्रस्तुत गरे ।उनले खुला सीमनासँग जोडिएका पाँच जिल्ला चुनौतीको विषय भएको बताए । अवैध समान ओसारपसार, नदि कटान र नदीजन्य सामग्री र गोरु तस्करी रोक्न प्रहरी तैनाथ भइरहेको उनले बताए ।आत्महत्याका घटना रोक्न प्रहरीले जनचेतनामुलक कार्यक्रम गर्दैै आएको पनि उनले जानकारी दिए । उनले प्रविधि प्रयोग गरि हत्या हिंसाका घटनामा बृद्धि भएकोले प्रहरीको पहुँच प्रविधिमैत्री भैनसकेका कारण समस्या आएको बताए । ‘हामी प्रविधि सक्षम भैसकेका छैनौँ,’ उनले भने, ‘नेपाल प्रहरीलाई प्रविधि मैत्री बनाउन जरुरी छ ।’केहि चर्चित हत्या घटनाघटना –१३ साउन २०७५ मा गुल्मीको छत्रकोट गाउँपालिका–२, पल्लीकोटमा एकजना छिमेकीद्वारा साथीको कुटेर हत्या । आरोपी प्रहरीद्वारा पक्राउ । त्यसको तीन महिनामा अदालतले २० वर्ष जेल सजायको फैसाला गरे पछि उनी कारागारभित्र पस्न साथ आफैले आफ्नो घाँटी चिरेर आत्माहत्याको प्रयास गरे । यस घटनाले सञ्चार माध्यममासमेत निकै चर्चा पायो ।घटना –२परिस्त्रीसँगको सम्बन्धको कारण नवलपरासीमा एक व्क्तिले श्रीमतिलाई जंगलमा लगेर घाँटी थिचेर हत्या गरे ।घटना–३अर्घाखाँचीमा प्रेमीसँग सम्बन्धका कारण श्रीमतिद्वारा श्रीमानको हत्या गरियो । हत्या गरी प्रेमी र आफ्नी आमाले बोरामा हालेर शवलाई जङ्गलमा लगेर फालेको युवतीद्वारा स्वीकार । अभियुक्त सबै पक्राउ ।।घटना–४कार्तिक ११ मा कपिलवस्तुको शिवराजपुर नगरपालिकामा आफ्नै श्रीमान् वसन्त परियारको श्रीमति सुमित्रा परियारद्वारा बञ्चरो प्रहार गरी हत्या । फागुन २६ मा रुपन्देहीको देवदह नगरपालिका ९ , घोडाहस्थित आफ्नै १२ जना साथीहरुद्धारा ठक्का पट्टाको रिसईवी साँधेर अनिस पुरीको रड र ढुङ्गा प्रहार गरी हत्या ।घटना–५मंसिर ८ मा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मोतिभारीमा हतियार प्रयोग गरी प्रदेश सदस्यका प्रत्यासी दीपेन्द्रकुमार चौधरीको हत्या । हत्या आरोप लागेका अजीत कुमार पाण्डे फरार ।घटना ६कपिलवस्तुको कृष्णनगरमा म्यानपावर ब्यवसायी पारसपुरीको गोली हानी हत्या । चैत्र–१२ मा कपिलवस्तु कै शिवराज नगरपालिकाका त्रिवेणी यादवको हत्या । हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।घटना ७पुस ३ गते कपिलवस्तु नगरपालिका–३ , औरहियामा रफिक हुसैनद्वारा श्रीमति तसलिन निसाको घाँटी थिचेर हत्या ।घटना–८फागनु १० मा कपिलवस्तुकै वाणगंगामा आफ्नै श्रीमान विष्णु भन्ने बाबुराम पौड्याल कै योजनामा साथीहरु लगाई हत्या ।घटनाा–९भारतिय नागरिक सुधिक हुसेन भिनाजुसँग प्रेम सम्वन्ध राख्दै श्रीमति साहिन खातुन उनै संगको पूर्व योजना मा अनुसार चैत्र ११ गते बुटवलको मैनाबगरमा आफ्नै श्रीमान फिरोज खान अन्सारीको गोली हानी हत्या । भिनाजु फरार । श्रीमति पक्राउ । यी घटनाले पछिल्लो चरण डकैती, कारोवारमा वा अन्य विषयमा रिसईवी भन्दा पनि श्रीमान श्रीमति विचको परपुरुषगमन र परिस्त्रीगमनका कारण हत्या हिंसा बढेको देखाउँ छ ।घटना १०रुपन्देहीका एक पत्रकारले गोरुतस्करीको समाचार लेखेको रिसमा उनकी १४ वर्षीया सुस्तमनस्तिीको छोरीलाई मध्ये रातमा घरबाट अपहरण । अर्को दिन हात खुट्टा बाँधेर गहुुुुुुँवारीमा लडाईयो ।केहि चर्चित बलात्कार घटनाका– गुल्मीमा आफ्नै दाजुद्धारा बहिनी बलात्कार । बहिनीले नै जाहेरी दिने आँट गरे पछि परिवारद्वारा धम्की, उनी असुरक्षित भएको गुनासो ।– यस आर्थिक वर्षमा यस प्रदेशमा बलात्कृत हुने ३ वर्षीया बालिका देखि ७० वर्षीया बृद्ध समेत–रुपन्देहीमा चैत्र १२ गते आफ्नै श्रीमतिले श्रीमानविरुद्ध जवरजस्ती करणीको जाहेरी दिए पछि ती श्रीमान पक्राउ ।–दाङमा हात खुङ्गा बाँधेर , मुख थुनेर हजुर बुवाद्धारा आफ्नै नातिनी बलात्कार, हजुर बुवा पक्राउ –गुल्मीमा महिलाद्वारा पुरुषमाथि यौनहिंसा, पुरुष अस्पताल भर्ना । महिलाद्वारा ती पुरुषलाई ५० हजार क्षतिपुर्ति ।आत्महत्याका घटना–पाल्पामा बृद्धबृद्धा दम्पत्तिद्वारा चरम गरिवी र अभावबाट विक्षिप्त भई एउटै डोरीको पासो लगाई सामुहिक आत्माहत्या ।–गुल्मीमा आफुले चाहेको युवासँग विवाह गर्न नदिई अन्यत्र विवाह गराई दिएको केहि दिन नवित्दै युवतीद्वारा आत्मा हत्या ।–रुपन्देहीमा विवाह कै दिन राती नवदुलाह र दुलहीको बुटवलको एक होटलमा बसेका थिए । विहानपख वेहुलाद्वारा आत्महत्या ।– प्युठानमा दाजु वहिनीद्वारा भारततिर भागी प्रेम विवाह । प्रहरीको बलमा छुटाउन खोज्दा दुवै जनाद्वारा प्रहरी हिरासत मै विष सेवन गरेर आत्महत्या ।
राताेपाटी बाट साभार गरीएकाे
No comments