Header Ads

नेपाल निगमको जहाजमा चरा ठोक्कियाे, झण्डै करोडौं नोक्सानी ... !

नेपाल निगमको जहाजमा चरा ठोक्कियाे, झण्डै करोडौं नोक्सानी ... !


काठमाडौं । 
नेपाल वायुसेवा निगमको जहाज ठूलो क्षति हुनबाट जोगिएको छ । मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको जहाजमा आज बिहान चरा ठोक्किएको छ ।निगमको उडान नं।आरए ४१६ अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । श्रोत भन्छ,‘ठूलो क्षति हुनबाट जोगियो, उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।’चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । नेपाली नाम सगरमाथा रहेको यसको कलसाइन किलो व्हिस्की हो । निगमका प्राविधिकहरुले बिहीबार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने बताएका छन् ।जहाज निगमले २०७१ माघमा एयरबससँग खरिद गरेर ल्याएको पहिलो ब्रान्डन्यू एयरबस हो । यसअघि भदौंमा पनि क्लालामपुरबाट १ सय ५८ यात्रु बोकेर काठमाडौंमा अवतरण गर्दैगर्दा यसको बायाँ पखेटाको एयरफ्रेममा चरा ठोक्किँदा ग्राउन्डेड भएको थियो ।

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.