Header Ads

गण्डकी विकास बैंकद्धारा छात्रवृत्ति प्रदान

पोखरा, चैत २८–
गण्डकी विकास बैंक लि.ले आज श्री बाराही माध्यामिक विद्यालय, पोखरा ५ पस्र्याङ्गका ३ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले प्रति विद्यार्थी तीन हजार ५ सयका दरले रु १० हजार ५०० छात्रवृति प्रदान गरेको छ । सो कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्राचार्य शिव प्रसाद भण्डारी, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ्ग शाखा प्रमुख प्रमोद ओझाको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बराल र प्राचार्य भण्डारीले गण्डकी विकास बैंकले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिए ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले सो छात्रवत्ति हस्तान्तरण गदैं पछिल्ला समयमा देशभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको र बाराही विद्यालयको पनि शैक्षिक सुधारको शुभकामना दिए । साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने बताए ।

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.