बेगम र गुलाफको फुल
बेगम
एकसय गुलाफ टिप्नु छ भनी, मगजैमा बसिन्
उन्नानसय गुलाफ टिपिन्, यौटा भने पुगेन्
यतिपनि ठिकै छ लाग्यो, चित्त भने बुझेन्
चिन्तित बेगम गुलाफ खोज्दै, धेरै टाढा पुगीन्
खोला पारी त्यो यौटा बारी, हो कि कसो देखीन्
यो खोला मैले तर्ने कसरी, संकोचमा परीन्
पछ्यौरीमा सबै फुल बाँधी, एक्लै अघि सरीन्
गहिरो पानी पौडिन नजानी, भुमरीमा फसिन्
गुहार गुहार गर्दै बेगम, अचेत भएर खसीन्
होस आयो बेगमलाई, खै कता छु, थाहा भएन्
पछ्यौरी उसको छेउमै थियो, गुलाफ तर यौटै थिएन्
पर उनले श्रीधरलाई, कपडा सुकाईरहेको
देखिन्
तिमिले हो, फुल मेरो चोरेको? रीस उनले पोखीन्
खै के खालको, मान्छे यो रैछ, ज्यान हो मैले, बचाएको
कृतज्ञ मेरो, जो हुनु पर्ने हेरन
लाज पचाएको
निराश बेगम, पछ्यौरी खाली, देख्दै झनझन रुन
थालिन्
गुलाफ नै हो, चाहिने भए, त्यो बगी सक्यो, बिर्सेर जाउ
सय को हो चिन्ता भने मसँग, सयपत्री छ, लिएर जाउ
बेगमले देखीन् त्यो फुल, रातो हैन, पहेँलो थियो
हेर्दा नि राम्रो, बास्ना नि राम्रो, चमक पनि उजेलो थियो
पछ्यौरीमा बेरीन् सयपत्री, कति पुग्यो गनिनन्
श्रीधरले भने नाम त सोध्यो, न बोली गईन्
केही भनिनन्...................................
#Baatokokatha
No comments