२९ औं अन्तरार्ष्ट्रिय अपाङ्ग दिबसको अवसरमा गौमुखिमा र्यालि र अन्तरक्रिया
जोगिन्द्र मल्ल, प्युठान खवर / अपाङ्ग संजाल समन्वय समिति गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा ” कोभीड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिस्चितता ” अपाङ्गता भएको ब्यक्तीहरुको पहुँच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता ” भन्ने नाराका साथ २९ औं अन्तरार्ष्ट्रिय अपाङ्ग दिबस सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले अपाङ्गता भएको ब्यक्तीहरुले आफ्नो ऐच्छिक बाच्न पाउने अधिकार रहेको र अपाङ्गहरुको आफ्नै बाध्यता भएको तथा हरेक सेवा सुबिधामा सहजीकरण गर्न गाउँपालिकाको महत्त्वपूर्ण भूमिका रहने अपाङ्गको पहिचान र श्रमसीप बिकासको खोजी गरि आर्थिक तथा सिपमुलक जीवन यापन गर्न गाउँपालिकाले कार्यक्रम ल्याउने र अपाङ्गहरु प्रती सबैले भाबनात्मक सम्बन्ध राख्नु पर्ने बताउदै २९ औं अन्तरार्ष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना दिनुभयो ।
No comments