कोरोना संक्रमित हुँदाका अनुभव
काठमाडौं । विश्वमा आगो सरि फैलिएको कोडिभ अर्थात कोरोना सक्रमणबाट सामान्य देशको नागरिक म टाढा रहन सक्ने कुरै भएन । बिश्वको शक्तिशाली राष्ट्र र त्यसमा पनि अत्यन्त सुरक्षित रहने अमेरिकाका राष्टपतिलाई त छोयो भने म त हरेक दिन परिश्रम गर्न हिड्ने न परे । त्यसैले यसलाई मैले सामान्य हिसाबले लिगेको छु ।
कोरोना संक्रमण हरेकलाई हुन्छ नै भन्ने त छैन तर नहोला भन्न पनि सकिन्न । १ जना संक्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि नेपालमा साउन महिनासम्म लकडाउन र त्यसपटि पनि जिल्ला प्रशासनको बन्दले आजित भएका हामी कोरोना भन्दा पनि काममा फोकस भयौ । काम गर्ने सिलसिलामा आफुले आफुलाई अत्यन्त सुरक्षित गर्ने कोसिस गर्दा गर्दै पनि कहाँबाट संक्रमित भए यस्को उत्तर छैन म संग ।
असोज ११ गते सदाँझै अफिस पुुगे उहि जोस उहि जाँगर संग । बाहिर भेटघाट थियो भौतिक दुरी कायम गर्दै भेटघाट पनि गरियो । सदाझै घर आए खाना खाए र सुते । भोलीपल्ट बिहान उठ्दा अलि गा-हो भएको फिल गरे तै पनि म अफिस गए । दिउँसो अलि बढीनै गा-हो भयको फिल गरे ।
मलाई यति बेला सम्म आईपुुग्दा रुघा, खोकी, जरो, टाउको दुुख्ने जस्ता कोरोनाका लक्षणहरु केहि पनि थिएन । ज्यान भारी भएको जस्तो मात्र फिल भएको थियो भने खाजा खान पानी पिउन समेत यस दिन मन लागेको थिएन । नियमित जस्तै बेलुका घर आए खाना खान मन थिएन तै पनि बल गरेर खाए र सुते ।
बिहान उठ्दा थप गा-हो भएको थियो । ज्यान उठाउनै मन थिएन । १२ गते दिनभर सुते । १३ गते आएपुुग्दा खानामा रुची अत्यन्त कमि भैसकेको थियो भने खानाको स्वादहरु हराउँदै गएको थियो । यति हुँदा समेत मैले आफुलाई कोरोना संक्रमण भएको होला भन्ने अनुमान नै गर्न सकिन किनभने म संधै सोच्थे म त कोरोना संग लड्न सकुुला तर घरमा सानो ५ वर्षको बच्चा छ ।
यसरिनै दिन बिते र करिब ६–७ दिन पछिबाट फेरी नियमित खानपान गर्न सक्ने भए र तगडा पनि भए । तै पनि कोरोना परिक्षण गर्दा मलाई पोजिटिभ देखियो र यतिबेला म घरमानै आराम गरिरहेको छु । यसबिचमा धेरै अनुुभवहरु बटुले जुन पोजिटिभ देखिएकालाई एउटा प्रेरणा मिल्न सक्छ भनेर यो अनुुभव लेख्न थाले । कोरोना पोजोटिभ देखिएको ३ दिन पछि राज्यले आफ्नो उपस्थित देखायो मेरो लागि त्यसमाथी पनि राज्यलाई नै चाहिने भएर ।
मेरो मतलब राज्यलाई छैन, कहाँ छ के गरेको छ संक्रमित भएको ३ दिनसम्म पनि । ३ दिनपछि स्वास्थ्य सेवा विभाग टेकु अस्पतालको कर्मचारी बताउने एक महिलाले ९८६०… को नम्बरबाट फोन गर्नुुभयो । उहाँसंगको सम्बाद जस्ताको तस्तै :
अस्पताल : पहिलो शब्द भन्नुुभयो, दाई हजुर पोजिटिभ हुनुहुदो रेछ हजुरको रेकर्ड हामीले राख्नुपर्ने हुन्छ हजुरको स्थायी बसोबास कहाँ होला ?
म : यो हो
अस्पताल : अहिले कहाँ हुनुुहुन्छ हजुर दाई ?
म : काठमाडौं
अस्पताल : जरो रुघा खोकी केहि छ दाई अहिले ?
म : छैन
अस्पताल : हजुरले कोरोना संक्रमण अघि केहि नियमित औषधि खानुुभएको छ ?
म : छैन
अस्पताल : दुुई हप्ता अगाडी काठमाडौं बाहिर जानुुभएको थियो हजुर ?
म : छैन कतै गएको ।
अस्पताल : हजुर के काम गर्नुहुन्छ दाई ?
म : मिडियामा काम गर्छु
अस्पताल : अहिले होम आइसोलेसनमा हो दाई
म : हजुर
अस्पताल : दाई होम आइसोलेसन १४ दिन बस्नुपर्छ, यसबिचमा गा-हो परे ११४३ मा फोन गर्न सक्नुहुन्छ, नत्र भए तातो पानी खाने, कागती पानी खाने, खानेकुरा राम्रोसंग खाएर बस्ने गर्नुहोला है ।
यतिमा राज्यको उपस्थित लगभग सकिएको अनुभव गरेको छु मैैले ।
कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि कुनै समस्या नभएपनि मनमा विभिन्न कुराहरु खेल्न थाल्यो । समाचारहरु हेर्दा, पढ्दा स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुन्दा कोरोना आफैले पराजित गर्नुपर्छ राज्यले यहाँ केहि गर्नेवाला छैन भन्ने मलाई थाहा थियो ।
मैले अपेक्षा नै नगरेको राज्यले उपस्थित मेरो रेकर्ड राख्नको लागि गरिसक्यो अब गर्ने छैन भन्ने बुुझको थिए । यहि बिचमा विभिन्न व्यक्तिहरुलाई संक्रमण भएको समाचारहरु हेरिरहेको छुु । एक जना एमाले निकट पत्रकार जो होम आइसोलेसनमा बस्नुभएको छ उहाँले लेख्नुुभएको कुराहरु पनि पढिरहेको छु ।
पहिलो दिन राज्यले केहि गर्न सकेन भनेर लेख्नुुभएको उहाँले दोस्रो दिन ओहो राज्यको उपस्थित धेरै राम्रो रहेछ, जनस्वास्थ्य कार्यालयबाट बेला बेलामा फोन गरेर अपडेट लिने र परामर्श दिने असाध्यै राम्रो ब्यवस्था रहेछ, वडा कार्यालयबाट अनुुगमन हुने लगाएतका कुराहरु लेख्नुुभयो र उहाँलाई मात्र राज्यले दिएको सुविधाको बारेमा लेखेर भ्रमित तुल्याउनुुभयो ।
म आफुु पनि वडा अध्यक्षकै सिफारिसमा पिसिआर परिक्षण गरेको मान्छे स्थानिय निकायबाट पोजिटिभ आएको र नेगेटिभ आएको केहि मतलब नै कसैले गरेको छैन । राज्यले यस्तै मतलब गर्न छोड्ने हो भने यो नियमित यति र उति संक्रमित यति यस्तो र उति यस्तो भनेर भाषण गर्न छोडे हुन्छ जसलाई मिडियाले प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरिरहेका छन् ।
यस्तो सम्बेदनसिल कुरामा आजसम्म मिडियाले पनि रोकथामका कुराहरु अथवा आम जनमानसमा पोजिटिभ कुराहरु जाने गरि समाचार दिन सकेका छैन । यस्तोमा मिडियाको महत्वपूूर्ण भुमिका रहने रहेछ । जस्ले अनावश्यक त्रास कम होस । अहिले काठमाडौंमा संक्रमित बढ्नुुको मुख्य कारण घरवाला र डेरावालाको रस्साकस्सी पनि एक महत्वपूर्ण कारण हुन सक्छ ।
कोरोना संक्रमितलाई राज्यले राख्न सक्दैन आफै आफ्नो कोठामा बसौ घरवालाले बस्न दिदैनन् । यस्तोमा पोजिटिभ भएकाहरु पनि नभनि खुलेआम हिडिरहेका छन् जसले संक्रमित बढिरहेको छ ।
संक्रमित कहा छन् के गर्छन हरेकको पछि राज्य हिड्न पनि सक्दैन । म अहिले सामान्य रुपमा रहेको छु र कुनै पनि प्रकारका समस्याहरु म मा छैन । नियमित तातो कुराहरु, झोल कुराहरु, प्रतिरक्षा प्रणाली मजहुत हुने खानाहरु नै कोरोनाको मुख्य औषधी हो । मैले आजसम्म एक चक्की औषधी खाएको छैन र आत्मबल र खानपिनले नेगेटिभ हुँदा सम्म खान नपरोस भन्ने कामना पनि छ ।
कोरोना संक्रमितलाई घृणा होइन माया गरौं, यो हावाबाट सर्दैन, एउटै बाटो प्रयोग गर्दा फुत्त तपाईलाई सर्दैन, लगातार नजिक माक्स बिना बस्दा सर्ने रोग भएकोले आफ्नो वरिपरि भएका संक्रमितलाई माया गरौं हौसला दिऔं ।
आज तपाईलाई छैन भोली तपाईलाई नहोला भन्न सकिदैंन किनकी तपाई भन्दा ट्रम्प नै सुरक्षित थिए होलान् । प्रधानमन्त्रीका सल्लाहकारहरुले मन्त्रीहरुले जस्तो सुविधा आजको आजै रिपोर्ट आउने र तपाईको स्वास्थ्यमा डाक्टरको नियमित हेरचाह रहन सक्दैन किनकि हामी प्रजा हौं । त्यसैले सुरक्षित रहनुहोला । कोरोना संगको लिभिङ टुुगेदरको बारेमा धेरै अनुुभवहरु अर्को लेखमा लेख्नेछुु ।
साभार सुलसुले
No comments