पुरस्कारको भारी धान्न सक्दिनँ कि !
१० असोज, पोखरा । प्रधानपञ्च परिवारका चन्द्रप्रकाश बानियाँ निजामती जागिरे हुन चाहन्थे, तर नाम निस्किएन । शिक्षक बनेपछि कम्युनिस्ट भएको आरोपमा बर्खास्तीमा परे । अनि राजनीतिमै पूर्णकालीन भएर सांसद बने, तर सन्तुष्टि मिलेन । भाषाका विद्यार्थी थिए, इतिहासमा लेखेर प्रकाशकको खोजीमा हण्डर खाए ।
अहिले उनलाई लाग्छ, जीवन त रहरका लहराहरुमा लहराउने रहेछ । जीवनको मजा बांगोटिंगो रेखामै हिँड्दा हुँदोरहेछ । भन्छन्, ‘अँध्यारो छाउन नदिनु नै जीवन रहेछ, बस् लागिरहनुपर्छ ।’
उनको दर्शन छ-धेरै ठूलो अपेक्षा नराखी आफ्नो काममा लागिरहे, एक दिन आफ्नो महत्व स्थापित हुन्छ । अचेल उनको पनि खोजी भइरहेको छ । कति प्रकाशकले आफलेको उनको उपन्यास ‘महारानी’ले मदन पुरस्कार जितेको छ ।
पुरस्कार घोषणा भएकै दिनदेखि उनको फोन निरन्तर बजिरहेको छ, बधाईकोे ओइरो छ । मिडियाले सोधखोज गरिरहेका छन्- उपन्यास कसरी लेख्नुभयो ? मदन पुरस्कार पाउँछु भन्ने लागेको थियो ? पुरस्कार पाउँदा कस्तो महसुस भइरहेको छ ?
‘यसरी मेरो खोजी भयो कि ‘महालेखक’ नै भएको भ्रमले थिचिन्छु कि भन्ने डर पो भयो,’ ठठट्यौलो पारमा उनी विनित बने, ‘खासमा म साहित्यकारै होइन, यो सबैको स्नेह हो ।’ साभार अनलाइनखवर
No comments