Header Ads

फेसबुक चलाउँदै हुनुहुन्छ सामाजिक संजाल प्रयोग सम्बधि यस्तो ल्याईयो प्राबधान ?

२७ बैशाख, काठमाडौं । सामाजिक सञ्जालमा केही विकृति र स्वच्छन्दता देखिए पनि अहिलेसम्म नेपाली नागरिकले खुल्ला अभिव्यक्ति दिादै आएका थिए । नेताहरुलाई खरो अलोचनासहितका कमेन्टहरु पनि गर्न पाइन्थ्यो । तर, अब सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको त्यस्तै पारित भयो भने फेसबुक चलाउनेहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना देखिन्छ । सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि ऐनमा सामाजिक सञ्जाल दर्ता नगरी चलाउन नपाइने व्यवस्था सागै कसैमाथि गाली बेइज्यती हुने गरी कमेन्ट गरेका कडा सजायाको प्रावधान राखिएको छ प्रस्तावित ऐनको दफा ९४ मा फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने कुराहरु उल्लेख गरिएका छन् । त्यसैगरी तपाईले कुनै युट्युव च्यानल वा बेवसाइट चलाइरहनुभएको छ र सरकारलाई चित्त बुझेन भने त्यसलाई कुनै पनि बेला बन्द गरिदिन सक्ने छ । विगतमा छापाखाना तथा प्रकाशन ऐनले समाचार लेखेकै भरमा कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगरिने अधिकार सुनिश्चित गरिएको थियो । तर, अहिलेको सरकारले आफूलाई मन लागेका बेवसाइटहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई चिठी लेख्ने गरेको छ । सरकारले ल्याउन लागेकाे कानून संसदबाट पारित भएपछि  फेसबुक, टि्वटर लगायत सामाजिक सञ्जालमा मनमाैजी पोस्ट गर्नेहरूलाई ५ वर्षसम्म कैदका साथै १५ लाख रूपैयाँ सम्मको जरिवाना हुने व्यवस्था सूचना प्रविधि सम्बन्धी विधेयकमा उल्लेख छ । फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले के कस्तो सजगता अपनाउने पर्ने गरी कानून आउन लागेको छ भन्ने कुराको जानकारीका लागि तलको प्रावधान हेर्न सक्नुहुनेछ –

No comments

copyright -2015. Theme images by Petrovich9. Powered by Blogger.