चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमी माइक्रोफाइनान्स (WOMI) ले चार करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो वर्षको चैत ५१.९८ प्रतिशत बढी हो। अघिल्लो वर्ष वोमीले दुई करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
खर्च नियन्त्रण र कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको सुधारले लघुवित्तको समग्र नाफा बढेको हो । साथै कम्पनीले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ ।
हाल दश करोड दश लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ९ करोड ४१ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।
पूँजी वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद बेच्न लागेको यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ। अर्कोतिर नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस कम्पनीको फागुन २६ गते यता शेयर कारोबार बन्द रहेको छ ।
चैत मसान्तसम्म माइक्रोफाइनान्सले ५६ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९३ करोड ४ लाख रुपैयाँ सापटी लिएको संस्थाले एक अर्ब ६७ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चालु आवको ९ महिना अवधिसम्म माइक्रोफाइनान्सले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ५१.७६ प्रतिशत बढी हो ।
निष्कृय कर्जा ०.७६ प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६० पैसाबाट ५९ रुपैयाँ १६ पैसामा बढेको छ। हकप्रदबाट पूँजी वृद्धि पश्चात भने लघुवित्तलाई प्रतिशेयर आम्दानी सन्तुलन गर्न थप नाफा आर्जन गर्नुपर्ने अवस्था देखिन्छ ।
माइक्रोफाइनान्स कम्पनीकोे मुल्य आम्दानी अनुपात १९.०७ गुणा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ १३ पैसा छ ।
No comments